Educational Notes

१. कारक

वाक्यमा क्रियापदसँग सीधा सम्बन्ध राख्ने नामिक पद (नाम, सर्वनाम र विशेषण) लाई "कारक" भनिन्छ। वाक्यमा यस्ता नामिक पदहरूले कर्ता, कर्म, करण, सम्प्रदान, अपादान, सम्बन्ध र अधिकरणका रूपमा क्रियापदसँग अर्थगत सम्बन्ध राख्छन्। क्रियागत सम्बन्धको आधारमा कारक ७ प्रकारका हुन्छन्।

    कर्ता कारक:

    वाक्यमा जसले काम गर्छ वा काम गर्ने शब्दलाई 'कर्ता कारक' भनिन्छ। कर्तामा जोडिने चिन्हलाई प्रथमा विभक्ति भनिन्छ। (ले, बाट)

    उदाहरणहरू:

    • रामले कथा पढ्यो।
    • रामबाट कथा पढियो।
    • सरकारद्वारा घोषणा भयो।

    कर्म कारक:

    क्रियाको फल जुन शब्दमाथि पर्छ, त्यसलाई 'कर्म कारक' भनिन्छ। कर्म कारकमा जोडिने चिन्हलाई द्वितीया विभक्ति भनिन्छ।(लाई)

      उदाहरण:
    • भुवनले सोनमलाई पिट्यो।

    करण कारक:

    जसको सहिता द्वारा कुनै काम हुन्छ, त्यसलाई 'कारण कारक' भनिन्छ। कारण कारकमा जोडिने चिन्हलाई तृतीय विभक्ति भनिन्छ।(ले, द्वारा)

    उदाहरणहरू:

    • म हसियाले घास काट्छु।
    • राम बसबाट आयो।
    • ऊ कोदालीद्वारा खेत खन्छ।

    सम्प्रदान कारक:

    जसको निम्ति कुनै काम हुन्छ, त्यसकै 'सम्प्रदान कारक' भनिन्छ। सम्प्रदान कारकमा जोडिने चिन्हलाई चतुर्थी विभक्ति भनिन्छ।(लाई, लागि, निम्ति)

    उदाहरणहरू:

    • उनले भाईलाई कलम दिए।
    • बहिनीले पुजाका लागि फूल टिपिन्।
    • हामी पढ्नका निम्ति आयौं।

    अपादान कारक:

    आपदान कारक भनेको "कार्यको साधन" हो जसबाट कुनै क्रिया सम्पन्न हुन्छ। यसले सोधिएको प्रश्न "कसले?" वा "केबाट?" को जवाफ दिन्छ। यसलाई साधन वा उपायको रूपमा बुझ्न सकिन्छ। (देखि, बाट)

    उदाहरणहरू:

    • हिजो देखी पानी पर्यो।
    • रूखबाट आप झर्यो।

    सम्बन्ध कारक:

    संबन्ध कारक भनेको "सम्बन्ध" जनाउने कारक हो, जसले दुई वस्तु वा व्यक्ति बीचको सम्बन्धलाई जनाउँछ। यसले साधारणतया "को" वा "का" को प्रयोग गर्दछ र दुई वा बढी कुरा बीचको सम्बन्ध प्रकट गर्दछ। (को, की, का)

    उदाहरणहरू:

    • हरिको छोरो आयो।
    • मेरा भाईहरू आए।
    • आफ्नी छोरी आइ।

    अधिकरण कारक:

    आधिकारण कारक भनेको त्यो कारक हो जसले कुन स्थान, समय, वा स्रोतबाट कुनै कुरा अथवा क्रिया सम्बन्धित छ भन्ने कुरा जनाउँछ। यसमा "बाट", "को", "मा" आदि प्रयोग हुन्छ। (मा)

    उदाहरणहरू:

    • चरो रूखमा बस्यो।


२. विभक्ति

विभक्ति भनेको नाम वा सर्वनामको अन्त्यमा लाग्ने प्रत्यय हो जसले वाक्यमा तिनको भूमिका जनाउँछ।

विभक्तिका प्रकारहरू:

  1. प्रथमा: कर्ता जनाउने (ले)
  2. द्वितीया: कर्म जनाउने (लाई)
  3. तृतीया: करण जनाउने (ले)
  4. चतुर्थी: सम्प्रदान जनाउने (लाई)
  5. पञ्चमी: अपादान जनाउने (बाट)
  6. षष्ठी: सम्बन्ध जनाउने (को)
  7. सप्तमी: अधिकरण जनाउने (मा)

कारक विभक्ति विभक्ति चिन्हहरू उदाहरण वाक्य
कर्ता प्रथम ले, बाट रमेशले गृहकार्य गरेको छ।
कर्म द्वितीय लाई भुवनले सोनमलाई पिट्यो।
करण तृतीय ले, द्वारा, बाट उसले लठ्ठीले आपँ झार्यो।
सम्प्रदान चतुर्थ लाई, लागि, निम्ति शिक्षकले महेशलाई किताब दिनु भयो।
अपादान पञ्चमी देखि, बाट रुखबाट पात खस्यो।
सम्बन्ध षष्ठी को, का, की, नो, ना, नी, रो, रा, री उसको, उनकी, आफ्नो, आफ्नी, मेरो, मेरा, तेरो
अधिकरण सप्तमी मा रमलाको झोलामा कलम छ।