कुनै पनी व्यक्ति बिशेष, वस्तु, स्थान वा भाव जनाउने शब्दलाई नाम भनिन्छ। नाम शब्द 'को' र 'के' प्रश्नको उत्तरको रूपमा आउँछ र नामका पछाडि 'ले' र 'लाई' जस्ता विभक्तिहरू जोडिन्छन्।
नाम शब्दले व्यक्ति, जाति, समूह, वस्तु, पदार्थ, स्थान र भाव आदिको परिचय दिन्छ। जस्तै: राम, श्याम, सगरमाथा, रतिया, ललितपुर, आदि।
नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ। वाक्यमा नामकै जस्तो काम गर्ने भएकाले सर्वनाममा पनि विभक्ति चिन्ह लाग्ने गर्छ। "म", "तिमी", "उहाँ", "त्यो", "तपाई", "ऊ", "जो", "आफू" आदि सर्वनाम हुन्।
विशेषण भनेको व्यक्ति, वस्तु, स्थान, भाव वा गुणको विशेषता जनाउने शब्द हो। विशेषणले नाम वा सर्वनामको गुण, विशेषता, अवस्था, आदि जनाउँछ। वाक्यमा नामसँग कुन, कति, कस्तो आदि प्रश्न सोध्दा उत्तरको रूपमा आउने शब्द विशेषण हुन्छन।
क्रियापद भनेको कुनै काम, गतिविधि, अवस्था, आदि जनाउने शब्द हो। क्रियापदले वाक्यमा कर्ताले गरेको काम, घटेको घटना, अवस्था वा वाक्य टुंग्याउने कार्य गर्छ। धातुमा काल, वचन, लिंग, वाच्य, पक्ष आदि बुझाउने प्रत्यय जोडेर क्रियापद निर्माण गरिन्छ।
क्रियापद बन्नका लागि धातुमा प्रत्ययहरू थपिनुपर्छ। धातुको स्वतन्त्र प्रयोग हुँदैन, तर क्रियापद बनिसकेपछि ती वाक्यमा प्रयोग गर्न प्रयुक्त हुन्छन्।
यस्तै तरिकाले "पढ्" धातुबाट पढला, पढ्नेछ, पढेको छ, पढ्दैन, पढिन, पढ्छ आदि अनेकौँ क्रियापद बन्न सक्छन्।
नामयोगी भनेको नामको विशेषता जनाउने शब्द हो। यसले वाक्यमा नामको विशेषता जनाउँछ। नामिक शब्द (नाम, सर्वनाम, विशेषण) का पछाडि प्रायः जोडिएर प्रयोग गरिने तथा तिनका बीचमा सम्बन्ध गाँस्ने शब्दलाई नामयोगी भनिन्छ।
क्रियायोगी (क्रियाविशेषण) भन्नाले क्रियासँग सम्बन्धित भई "कहाँ, कसरी, किन, कहिले, कति" जस्ता प्रश्न गर्दा उत्तरको रूपमा आउने शब्दहरूलाई बुझाउँछ।
दुई वा दुई भन्दा बढी शब्द, पदावली, तथा उपवाक्यलाई जोड्ने शब्दलाई संयोजक भनिन्छ। यस्ता शब्दहरूले विभिन्न अंशलाई आपसमा जोडेर वाक्यको अर्थ र संरचना निर्माण गर्छन्।
संयोजक दुई प्रकारका हुन्छन्:
यी संयोजकहरूले एक उपवाक्यलाई अर्को उपवाक्यसँग सम्बन्धित बनाउँछन्।
यी संयोजकहरूले दुई वा दुईभन्दा बढी वाक्यलाई आपसमा जोड्छन्, तर तिनको अर्थ एकअर्कामा निर्भर हुँदैन।
विभिन्न अवस्थामा मानिसका मनमा उत्पन्न भएका सम्बेग(आश्चर्य, खुसी, दुःख, क्रोध, डर) जनाउन प्रयोग गरिने अभ्यय शब्दहरू लाई विस्मयादिबोधक भनिन्छ।
विस्मयादिबोधक शब्द प्रायः वाक्यको सुरुमा ! चिन्ह सहित प्रयोग गरिन्छ।
आफ्नो स्वतन्त्र अर्थ नहुने, तर वाक्यमा विभिन्न धारणा, अनुभूति र अभिव्यक्तिलाई सहज रूपमा प्रकट गर्न सहयोग गर्ने तथा विविधता ल्याउन सक्ने अव्यय शब्दलाई निपात भनिन्छ।
उदाहरण : नै, पो, मात्र, त, भने, रे, हो र, हगि, हरे, अवश्य, निश्चय, पक्कै, न, मत, होइन, हुँदैन आदि।